देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीले देश दुर्घटनातर्फ लैजान खोजे : डा. बाबुराम भट्टराई

देशान्तर

अर्घाखाँची – पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पाटीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर देशलाई दुर्घटना तर्फ लैजान खोजेको आरोप लगाएका छन्।

अर्घखाँचीमा पत्रकारसँग कुरा गर्दैै उनले प्रधानमन्त्रीले जन आन्दोलनबाट प्राप्त उपलब्धी समाप्त पार्ने खेलमा लागेको बताए । पूर्वप्रधानमन्त्री भट्टराईले नेपाली कांग्रेस, नेकपाको दाहाल–नेपाल समूहसँग सहकार्य गरेर आन्दोलनमा उत्रन जनता समाजवादी पाटी तयार रहेको र संयुक्त आन्दोलनका लागि पनि छलफल भइरहेको जानकारी दिए।