देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देश चुनावमा गइसक्यो : प्रधानमन्त्री ओली

देशान्तर

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग भएर देश चुनावमा गइसकेको बताएका छन् । खेलकुदसँग प्रधानमन्त्री विषयक कार्यक्रममा बोल्दै संसद भंग भएर चुनावमा देश गइसके पनि इगो राख्नेहरु फिर्ता गराउन लागेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘ संसद भंग भइसक्यो चुनावमा गएर जित्ने ठाउँ छ नि । फिर्ता गराउन पाए भन्ने छ ।’ उनले देशलाई हानी होस् भन्ने समेत बिर्सेर केही व्यक्ति जित्न खोजिरहेको बताएका छन् । ओलीले इतिहासमा जीत र हारको ठुलो अर्थ हुने बताए । नेपाल कहिल्यै कसैसँग नहारेको बताए । उनले भने,‘हामी कहिल्यै कसैसँग हारेनौं तर खेलमा किन जितिरहेका छैनौं रु’ अब खेलमा पनि जित्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले खेलकुदमा अहिले छुट्याउदै आएको बजेटमा कमि हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै अहिले खेलकुदका अभिभावक संस्थाहरुले सहि काम गरेको बताए । उनले नेपालको भूगोल अनुसारको खेललाई पनि अगाडी बढाउनुपर्ने बताउदै धेरै भन्दा धेरै खेलहरुमा भाग लिने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।