देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महाकाली नदी थुनियो, सचेत रहन प्रशासनको आग्रह

देशान्तर

काठमाडौं । सुदूरपश्चिम भएर बग्ने महाकाली नदी थुनिएको छ । नदी थुनिएकाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सचेत रहन आग्रह गरेको छ।

ठूलो पहिरोका कारण दार्चुलाको माल्पा भन्ने स्थानमा नदी थुनिएको प्रशासनले जनाएको छ।

महाकाली थुनिएकाले जुनसुकै बेला पनि जम्मा भएको पानी फुट्न गई नदीको बहाव बढ्न सक्ने भएकाले नदीनजिक रहेका बस्तीलाई सचेत रहन कञ्चनपुर प्रशासनले सूचनामार्फत आग्रह गरेको हो ।