काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय सुनुवाइलाई समेत छलेर गरिएका संबैधानिक नियुक्तिहरु घोर आपत्ती जनक मात्र हैन लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको बताएका छन् ।
सामाजिक संजालमा टिप्पणी गर्दै नेता पौडेलले ओली सरकारले सँविधान विपरीत अध्यादेश ल्याएर संसदीय सुनुवाइलाई समेत छलेर गरिएका संबैधानिक नियुक्तिहरु घोर आपत्ती जनक मात्र हैन लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको बताएका हुन् । उनले असंबैधानिक नियुक्तिका विरुद्ध सशक्त र संगठित प्रतिरोध गर्न सबैलाई अपिल गरेका छन् ।
उनले भनेका छन् – ‘ओली सरकारले सँविधान विपरीत अध्यादेश ल्याएर संसदीय सुनुवाइलाई समेत छलेर गरिएका संबैधानिक नियुक्तिहरु घोर आपत्ती जनक मात्र हैन लोकतान्त्रिक मूल्य मान्यता विपरीत छन् । यस्ता असंवैधानिक नियुक्तीका विरुद्ध सशक्त र संगठित प्रतिरोध गर्न पार्टी पंक्ति, बुद्धिजीवी र आम नागरिकमा अपिल गर्दछु ।’





प्रतिक्रिया