काठमाडौं । संवैधानिक निकायमा सार्वजनिक सुनुवाइविना पदाधिकारी नियुक्तिको विरोधमा नेकपा दाहाल नेपाल समूहले बिहीबारका लागि आम हड्तालको घोषणा गरेपछि गृहमन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै त्यसको अवज्ञा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
मन्त्रालयले दैनिक रुपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा व्यवस्था मिलाइने पनि जानकारी गराएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले विज्ञप्ति जारी गर्दै बिहीबार निर्धक्क र पूर्ववत् रुपमै सार्वजनिक यातायात लगायत आ-आफ्नो उद्योगधन्दा, पेसा व्यवसाय सञ्‍चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ- ‘उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने हुँदा यातायात व्यवसायी लगायत सबै उद्यमी व्यवसायीहरुलाई निर्धक्क एवं पूर्ववत् रुपमा आ-आफ्नो उद्योगधन्दा, पेसा, व्यवसाय सञ्चालन गर्न गृह मन्त्रालय आग्रह गर्दछ ।’
आन्दोलनका क्रममा अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्नमाथि कारबाही गर्ने चेतावनी मन्त्रालयले दिएको छ ।






प्रतिक्रिया