प्रहरीले काठमाडौं उपत्यकाबाट प्रचण्ड नेपाल समूहका नेता तथा कार्यकर्ता धमाधम पक्राउ गर्न थालेको छ ।

आज बिहानै कलंकीबाट नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्यलाई प्रहरीले पक्राउ गरेको छ । हड्ताल सफल बनाउन शाक्यसहितका नेताकार्यकर्ताहरु सडकमा उत्रिएका थिए ।
नेकपा नेता हितमान शाक्य र अमृता थापा पनि कलंकीबाट पक्राउ परेका छन् । प्रहरीले बिहानैदेखि काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका नेकपाका कार्यकर्ताहलाई पक्राउ गर्न थालेको छ ।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध आन्दोलन गरिरहेको प्रचण्ड नेपाल समूहले बुधबार संसदीय सुनुवाइबिना नै संवैधानिक निकायका पदाधिकारीहरूको शपथ गराएपछि आज आमहड्तालको घोषणा गरेको हो ।





प्रतिक्रिया