काठमाडौँ – प्रतिनिधि सभा विघटनको विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहले माघ २८ गते काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । २८ माघमा काठमाडौँमा हुने जनप्रदर्शन तथा विरोध सभामा सहभागी बन्न आइतबार फेसबुक पेज मार्फत अपिल गरेको हो ।
प्रदर्शन केन्द्रीय सङ्घर्ष समितिको आयोजनामा हुनेछ । नेकपाका अध्यक्ष द्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेकपाको आधिकारिक फेसबुक पेजमार्फत प्रतिगमनविरुद्धको विशाल प्रदर्शन र विरोध सभामा सहभागी बन्न सबैमा अपिल गरेका हुन् ।
सो क्रममा नेकपा अध्यक्ष दाहालले प्रतिगमनलाई परास्त गर्ने र संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने अभियानका रूपमा सभा र जनप्रदर्शन राखिएको बताए । यसै गरी अर्का अध्यक्ष नेपालले प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदमका विरुद्ध पार्टीले पुनः विरोध सभाको आयोजन गर्न लागेको बताए ।





प्रतिक्रिया