देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधिसभा विघटन मुद्दाको बहस माघ ३० गतेसम्म सक्न प्रधानन्यायाधीशको आग्रह

देशान्तर

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधिसभा विघटन मुद्दाको बहस माघ ३० गतेभित्र सक्न आग्रह गरेका छन् । आइतबारको इजलासमा सरकारी वकिलको बहस सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिलहरुको बहस शुरु भएको छ ।

प्रधानमन्त्री ओलीका वकिल रमेश बडालले बहस शुरु गरेपछि उनलाई दिईएको २० मिनेटको समयमा पनि बहस नसकेपछि राणाले थप १० मिनेट थप्दै भने – ‘यो मुद्दामा धेरै समय खाइसक्यो । ३० गतेसम्म सबै बहस सक्नुपर्छ ।’

संसद विघटनविरुद्ध संवैधानिक इजलासमा सुनुवाइ भइरहेको उक्त मुद्दामा आइतबार सरकारी वकिलको बहस सकिएको छ । अब प्रधानमन्त्री ओली, सभामुख अग्निप्रसाद सापकोटा र सर्वोच्चले गठन गरेको एमिकस क्युरीका वकिलहरूको बहस र रिट निवेदकका वकिलहरूको जवाफी बहस बाँकी रहेको छ ।