देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन आज

देशान्तर

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष) ले आज शक्ति प्रदर्शन गर्दैछ ।

उपत्यकाका ५ ठाँउबाट निस्कने जुलुसको नेतृत्व गर्न अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ बाहेकका सबै केन्द्रीय नेता सडकमा ओर्लिदै छन् ।

केन्द्रीय संघर्ष समितिका अनुसार सबै सहायक जुलुस ११ बजे शुरू हुने छन् भने मूल जुलुस १२ बजे शुरू हुनेछ । मुल जुलुस सुन्धारा-वीरअस्पताल-जमल-घण्टाघर-बागबजार-पुतलीसडक-पद्मोदय मोड-प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपस्थित सभास्थलमा पुग्नेछ ।

विरोधसभाको तयारीबारे समीक्षा गर्न मंगलबार दिउँसो बसेको सचिवालय बैठकमा उपत्यका बाहिर र भित्रबाट लाखौं मानिस ओर्लिने निश्कर्ष निकालिएको थियो ।
बरिष्ठ नेता झलनाथ खनाले लाखौं मान्छे सभामा आउने ‘रिर्पोटिङ’ बैठकमा भएको जानकारी दिए ।

नेकपाले विरोधसभा कुनै एक दलको कार्यक्रमका रूपमा मात्रै नबुझी सबैलाई सहभागी हुन आह्वान गरेको छ । विरोधसभाबार फेसबुक लाइभमार्फत ‘ब्रिफिङ’गर्दै नेकपा स्थायी कमिटी सदस्य एवम् केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराई यस्तो आह्वान गरेका हुन् ।