देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारले सबै राज्यका अंगहरूलाई बिना दबाव काम गर्न दिन्छ ; प्रधानमन्त्री

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई भ्रष्टाचार गर्ने अवसरको वातावरण नै नबनाउनुपर्ने बताएका छन् । अख्तियार दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘देशको भष्टाचार नियन्त्रण गर्नमा सहयोग अख्तियारको महत्वपूर्ण अंग हो। त्यसैले भ्रष्टाचार गर्ने अवसर नै नदिने त्यति गर्दा पनि गरेको पाए पनि कानुनी कारबाही गर्नुपर्छ ।

प्रधानमन्त्री ओलीले सरकारको लक्ष्य समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियान अघि बढिरहेको बताए। उनले देश विकासमा राज्यका सबै निकायहरू समान रुपमा लाग्नुपर्ने बताए।

अख्तियारले विगतको ३० वर्षमा भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी ढंगले लागेको बताए। अख्तियार निष्पक्ष हुनुपर्छ। उसले हात हाल्न नसक्ने ठाउँ कुनै छैन। त्यसो भएपछि सबैमा त्रास पैदा हुने नै भयो’ उनले भने।

सरकारले सबै राज्यका अंगहरूलाई बिना दबाव काम गर्न दिने बताए। कसैले टाउकोको माया छ की छैन भनेर भाषण गर्नेको कुरा सुन्न पर्दैन।