काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गत प्रतिनिधिसभा निर्वाचनमा हराएको आरोप लागेका गोविन्दराज जोशीको कारबाही फिर्ता दिन कांग्रेसको केन्द्रीय समितिमा निवेदन परेको छ । कांग्रेसको भानु १० का कार्यकर्ताहरुले पूर्वसहमहामन्त्री जोशीमाथि गरिएको कारबाही फिर्ता लिन भन्दै जिल्लालाई पत्र लेखेका थिए । सोही पत्र जिल्लाले केन्द्रमा पठाएको हो ।
२०७४ सालको निर्वाचनमा पौडेलका विरुद्ध बागी उम्मेदवारी दिएका जोशीलाई कांग्रेसले ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । गत निर्वाचनमा जोशीले पौडेलसँग असन्तुष्ट रहेर आफ्नो उम्मेदवारी दिएका थिए । तर, पौडेलले दावी विरोध जनाएपछि उनको उम्मेदवारी रद्द भएको थियो ।
त्यहाँ पौडेललाई तत्कालीन नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ किसानले पराजित गरेका थिए । पछि जोशीले एमाले उम्मेदवारलाई सघाएर पौडेललाई हराएको आरोप लागेको थियो ।





प्रतिक्रिया