देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भागरथीको हत्याबारे अनुसन्धान गरी प्रतिवेदन बुझाउन कांग्रेसले खटायो नेता

देशान्तर

काठमाडौं । भागरथी भट्टको बलात्कारपछि भएको हत्याबारे अनुसन्धान गर्न नेपाली कांग्रेसले आफ्ना नेता खटाएको छ ।

स्थलगत अध्ययन गरी लिखित प्रतिवेदन पेस गर्न र स्थानीय तथा परिवारसँग भेट गर्न केन्द्रीय सदस्य रमेश लेखकलाई पठाइएको कांग्रेसले जनाएको छ । उनी शुक्रबार नै बैतडी जाने पनि कांग्रेसले बताएको छ ।

घटनाको दोस्रो साता भइसक्दा पनि अपराधी पक्राउ नपर्नुले परिवारमाथि पीडा थपिँदै गएको कांग्रेस उल्लेख गरेको छ । साथै अनुसन्धान तीव्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न र देशभरका सबै घटनाविरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन प्रधानमन्त्रीसमक्ष कांग्रेसले माग गरेको छ ।

‘जघन्य अपराधका घटनामा न्यायका लागि अनि घटना हुनै नदिन सम्पूर्ण सजगताका लागि नेपाली कांग्रेस सबै नेपाली दिदिबहिनी दाजुभाइमा हार्दिक अपिल गर्दछ,’ कांग्रेसले भनेको छ ।