देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रचण्डलाई ओलीले भने , जनसभा हेर्न बुटवल आउनुस्

देशान्तर

काठमाडौ । नेकपाको प्रचण्ड – माधव र ओली समूहबीच कसको आसमभा ठूलो भन्ने जुहारी कायमै राखेका छन् । शनिबार बुटवलमा आयोजित सभामा प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई जनसमर्थन कस्तो हुन्छ हेर्न बुटवलमा आउन आग्रह गरेका छन् ।

देशभरबाट जम्मा गरेको अलिकति मान्छे देखेपछि जनसभा हेर्न आऊ भनेर आफूलाई भनेको भन्दै उनने भने, ‘आज म देशभरीको होइन, लुम्बिनी प्रदेशको वुटबलमा आयोजित सभा हेर्न आउन आग्रह गर्न चाहन्छु । जसहभागिता कस्तो हुन्छ, हेर्नुस् ।

२८ माघमा काठमाडौंमा भएको जनसभामा प्रचण्ड(माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आसमभा कस्तो हुन्छ देख्नुभयो भनेर प्रश्न गरेका थिए ।

उसो त कसको ठूलो आससभा भन्ने जुहारी प्रधानमन्त्री ओलीले सुरु गरेका थिए । संसद विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड – माधव समूहले ९ माघमा आमसभा गरेकै दिन ओलीले आमसभा कस्तो हुन्छ २३ गते देखाउने बताएका थिए ।

त्यही घोषणा अनुसार ओली समूहले २३ माघमा काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो ।