देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्वाचन आचारसंहिताको मस्यौदा तयार

देशान्तर

 निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार गरेको छ । मस्यौदामाथि छलफल गर्न आयोगले सरकार र राजनीतिक दलका प्रतिनिधिहरुलाई बोलाएको छ।

आचार संहितामा उम्मेदवार वा राजनीतिक दलको सदस्यको निजी जीवनलाई असर पर्ने गरी आलोचना गर्न नपाइले उल्लेख छ ।

सार्वजनिक निकाय वा कुनै परियोजनाको स्रोतसाधन र सम्पत्तिमा कसैको पक्ष र विपक्षमा हुने गरी प्रयोग गर्न / गराउन नपाइने, मतदातालाई नगद वा जिन्सी वितरण गर्न, भोजभतेर गर्न वा मादक पदार्थ सेवन वा वितरण गर्न वा गराउन नहुने र कुनै मठ, मन्दिर, गुम्बा मस्जिद, चर्च वा कुनै धार्मिकस्थल, सार्वजनिक उद्यान प्रयोग गरी निर्वाचनसम्बन्धी प्रचारप्रसार गर्न वा गराउन नहुने उल्लेख छ ।

त्यस्तै उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित कुनै पनि सामग्री उत्पादन र विक्रि वितरण गर्न नपाईले कुरा पनि आचारसंहितामा समेटेको छ ।

उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामको सम्बन्धमा मत सर्वेक्षण वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने लगायतका विषय उल्लेख गरिएको छ ।

सबै दलहरुसँगको छलफलपछि आयोगले फागुन दोस्रो साताबाट आचारसंहिता लागु गर्ने तयारी गरेको छ ।