काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध भोलि फागुन ३ गते देशभर प्रदर्शन गर्ने भएको छ। कांग्रेसले देशका ७७ वटै जिल्ला कार्यसमितिको आयोजना विरोध प्रदर्शन गर्न लागेको सो पार्टीले जनाएको छ।
पार्टी सभापति शेरबहादुर देउवाले आइतबार विज्ञप्ति जारी गरी सरकारको असंवैधानिक कदमविरुद्धको प्रदर्शनमा सहभागि हुन सबैलाई अपिल गरेका छन्।
‘संसद् विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेस एवं भातृसंस्था र शुभेच्छुक संस्थाले पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गतेको विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न भएका छन्’ विज्ञप्तिमा भनिएको छ ।
विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यबद्धता प्रकट गर्न देउवाले अपिल गरेका छन्।





प्रतिक्रिया