देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस केन्द्रीय समिति बैठक फागुन ५ गते बस्ने

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बुधबार अर्थात् फागुन ५ गते केन्द्रीय समिति बैठक बोलाइएको हो । बुधबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको मुख्यसचिव पौडेलको भनाइ छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रिण केन्द्रीय सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलित बनेको कांग्रेसले सोही विषयमा थप छलफलका लागि केन्द्रीय समिति बैठक बोलाएको हो ।  

पार्टीभित्र प्रतिनिधिसभा विघटनको विषयमा दुई धार देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विरोधमा अगाडि नबढ्ने अडान लिएका छन् भने अन्य नेताले यसको खुलेर विरोध गर्दै आएका छन् ।