देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओली नेतृत्वकाे सरकार गठन भएकाे तीन वर्ष पुरा

देशान्तर

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठनको आज तीन वर्ष पूरा भएको छ । ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते सरकार गठन भएको हो ।

तीन वर्ष पूरा गरेको उपलक्ष्यमा ओलीले आज सिंहदरबारबाट सम्बोधन गर्ने कार्यक्रम छ । कोरोना महामारीपछि सिंहदरबार खुट्टा नटेकेका ओलीको तिव्र आलोचना हुँदै आएको छ । सिंहदरबार नगएका ओली यसबीचमा देश दौडाहामा छन् ।

आफ्नो नेतृत्वको सरकारले स्थिरता, विकास र सुशासनमा चमत्कारपूर्ण काम गरेको प्रधानमन्त्रीको दाबी छ । तर सरकारका काममाथि विभिन्न प्रश्न उठ्न थालेका छन् । पार्टीभित्र उत्पन्न विवादकै कारण प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि उनले अघि सारेको राजनीतिक स्थिरितामाथी अहिले प्रश्न उठेको छ ।

शक्तिशाली सरकार भए पनि विकास निर्माणका काम सन्तोषजनक नभएका आरोप लाग्न थालेका छन् । चुनावी घोषणापत्रमा उल्लेख भएका धेरै काम सुरु नै भएका छैनन् । रेल र पानीजहाज जस्ता महत्वाकांक्षी योजनाह घोषणामै सीमित छन् ।

गर्न सक्ने काम पनि ओली सरकारले गर्न नसकेको आरोप छ । तीन वर्षमा भएको कामबारे प्रधानमन्त्री ओलीले आज सिंहदरबारबाट जानकारी गराउने छन् ।