देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नागरिकले गरेको विश्वासलाई कायमै राख्न चुनावको घोषणा गरे : प्रधानमन्त्री

देशान्तर

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकले आफूलाई गरेको विश्वासलाई कायमै राख्न चुनावको घोषणा गरेको बताएका छन् । सरकार गठन भएको तीन वर्ष पूरा भएको अवसरमा आफ्ना उपलब्धिबारे जानकारी दिँदै उहाँले आफूले लगातार विवाद समाधानका लागि प्रयास गरिरहे पनि सफल हुन नसकेपछि पुस ५ गते प्रतिनिधि सभा विघटन गर्नुपरेको बताए ।

स्वस्थ्य ढङ्गले पार्टी र सरकार चलाउन प्रयास गरे पनि आफ्नै सहकर्मीले चल्नै नदिएपछि बाध्य भएर प्रतिनिधि सभा भङ्ग गरेको उनको दाबी छ । जटिल परिस्थितिमा फेरि नागरिकमा जानुको विकल्प नभएकाले चुनावको घोषणाको गरेको उनको भनाई छ ।

नागरिकले आफूले गरेको विश्वासलाई कायमै राख्न चुनावको घोषणा गरेको भन्दै ओलीले भने ‘तपाईँहरूले जुन जिम्मेवारी दिनुभएको थियो, तपाईँहरू माझ मैले जुन कबुल गरेको थिए, त्यो पूरा गर्न पाइएन । त्यही कारण ताजा जनादेशमा जानुपर्छ भन्ने निर्णयमा पुगे र नयाँ कदम चालेँ’, प्रधानमन्त्री ओलीले भने, ‘अनि प्रतिनिधि सभाको विघटन गरेँ ।

आलीले नेकपाको प्रचण्ड –नेपाल समूहले आफूलाई लाञ्छना लगाउने काममात्रै गरिरहेको बताए ।