देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सचिव सरुवामा तीव्र असन्तुष्टि, मैनालीले दिए राजीनामाको चेतावनी

देशान्तर

काठमाडौं – सरकारले झन्डै एक साताअघि गरेको ढेड दर्जन सचिवको सरुवालाई सोमबार अन्तिम रूप दिइएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १७ जना सचिवको सरुवा गरे पनि विवाद र असन्तुष्टिका कारण सरकारले सरुवा सूची सार्वजनिक गर्न सकेको थिएन ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भने आफूलाई अन्यायपूर्ण रूपमा मनोबल गिराउने गरी सरुवा गरिएको भन्दै सरुवा नसच्याए राजीनामा दिने चेतावनी दिएका छन् । सुरुमा मैनालीको सरुवा सार्वजनिक खरिद अनुगमन कार्यालयमा भएको थियो तर मैनालीले आपत्ति व्यक्त गरेपछि उनको सरुवा निर्णयलाई होल्ड गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

मैनाली तुलनात्मक रूपमा इमानदार सचिवका रूपमा परिचित छन् । इमानदार सचिवको हुर्मत लिन खोजेको भन्दै सरकारको आलोचनासमेत भएको छ । मैनालीलाई वित्त आयोग पठाउने भनिए पनि त्यसमा पनि उनले सहमति जनाएका छैनन् । सम्भवत मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राखिने स्रोतले जानकारी दिएको छ । राजधानी दैनिकमा खबर छ ।