देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारले भारतबाट थप २० लाख डोज ‘कोभिसिल्ड’ खोप ल्याउने

देशान्तर

सरकारले भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको थप २० लाख डोज भ्याक्सिन ‘कोभिसिल्ड’ ल्याउने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग थप ‘कोभिसिल्ड’ किन्नका लागि रकम पठाउने निर्णय गरेको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए।

कोरोनाको महामारीबाट बच्‍न यसअघि सरकारले भारतीय कम्पनी सेरमसँग २० लाख डोज किनेको थियो। फेरी थप २० लाख डोज कोरोनाको खोप ल्याउने सरकरले निर्णय गरेको हो ।

खोप किन्नका लागि प्रतिखोपको मूल्‍य चार डलर अर्थात नेपाली ४६४ रुपैयाँ ७४ पैसा पर्न आउँछ। उक्त रकम राष्ट्र बैङमार्फत पैसा पठाउन लागिएको स्वास्थ्य मन्त्री त्रिपाठीले बताए।

कम्पनीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्‍मै खोप ल्याइदिने सहमति भइसकेकाले अब आउने कोरोनाको खोप १० लाख जनालाई पुग्ने र उक्त खोप ज्येष्ठ नागरिकलाई लगाइने छ ।