देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

देशान्तर

 नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । चौधौं महाधिवेशनबारे नयाँ मिति तय गर्न कांग्रेसले बैठक बोलाएको हो ।

केन्द्रीय महाधिवेशनको मिति परिमार्जन गरी नयाँ मिति तय गर्न केन्द्रीय कार्यालय सानेपामा दिउँसो दुई बजे बैठक बस्न लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रतिनिधि सभा विघटन सम्बन्धी विषयलाई सर्वोच्च अदालतले टुङ्गो लगाएपछि मात्रै राष्ट्रिय राजनीतिले मार्ग प्राप्त गर्ने भएकाले त्यसपछि नयाँ मिति तय गर्ने अथवा अगाडि नै तय गर्ने भन्ने सम्बन्धमा समेत छलफल हुने उनले बताए ।

बैठकमा पार्टीको आन्तरिक समस्या, क्रियाशिल सदस्यता वितरण लगायत विषयमा पनि छलफल हुने बताइएको छ ।