देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसमाथि आक्रमण हुँदा तरुण दल चुप बस्दैन : अध्यक्ष बस्नेत

देशान्तर

नेपाल तरुणदलका अध्यक्ष जीतजंग बस्नेतले वैतडीमा मंगलबार भएको घटनाको निन्दा गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय नेताहरुको उपस्थितिमा भइरहेको सभामा नेकपाको ओली समूहका कार्यकर्ताले ढुंगा प्रहार गर्दा झडप भएको थियो ।

झडपमा पनि केही नेता तथा कार्यकर्ताहरु घाइते भएको प्रति तरुणदलका अध्यक्ष बस्नेतले विज्ञप्ति जारी गर्दै सत्ता र शक्तिको दूरुपयोग गरि नेकपाले घटना घटाएको दावी गरेका छन् ।

वैतडीको जस्तै घटना कहिँ कतै दोहोरिए तरुणदल चुप लागेर नबस्ने पनि विज्ञप्ति मार्फत अध्यक्ष बस्नेतले चेतावनी दिएका छन् ।
उनले घटनामा संलग्न सम्पुर्ण दोषीलाई चाडो भन्दा चाडो पक्राउ गरि कारबाहीको माग पनि गरेका छन् ।