देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारी शिक्षक बन्न गरेको संघर्षमाथि ‘प्रकाश’ बन्दै

देशान्तर

काठमाडौँ – निर्देशक दिनेश राउतले फिल्म प्रकाशु निर्माण गर्ने भएका छन्। सामाजिक विषयवस्तुमा आधारित रहेर निर्माण हुने फिल्म बारेमा निर्देशक राउत भन्छन्, नेपालको दुर्गम क्षेत्रको विपन्न परिवारको एक युवाले सरकारी शिक्षक बन्न के कस्तो संघर्ष गर्नुपर्छ। ति कुराहरु प्रकाश फिल्मले समेटेको छ।

अभिनेता प्रदीप खड्का र रेनु योगी प्रकाशु मा मुख्य भुमिकामा देखिनेछन्। यहि फिल्मबाट रेनु योगीले डेब्यू गर्दैछिन्। योगीलाई अडिसनबाट छनौट गरिएको हो। फिल्मको कथा विकास सुवेदीले लेखेका हुन्। फागुन २५ बाट फिल्मको छायांकन सुरु हुने निर्देशक राउतले बताए।

फिल्ममा दिया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायत कलाकारहरुको अभिनय रहनेछ।