देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्वाचनमा जान्छु भन्दा विरोध गर्ने प्रतिगमनकारी हुन् : मन्त्री ढकाल

देशान्तर

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यडनमन्त्री भानुभक्त ढकालले मिति तोकेर ताजा जनादेश लिन आम निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अग्रगमन भएको बताएका छन् ।

मेचीनगरमा बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को क्षेत्रीय भेलामा उनले चुनावको विरोध गर्ने र विघटित प्रतिनिधिसभाको पुनःस्थापनको माग गर्ने प्रतिगमनकारी भएको आरोप लगाए ।

‘नेपाली भाषामा अग्रगमन भनेको अगाडि बढ्ने कुरा हो,’ उनले भने, ‘जो निर्वाचन नगर भन्दै निर्वाचन आयोगमा जानुभएको छ, उहाँहरु नै प्रतिगमनकारी हो ।’

विघटन नभएका अवस्थामा मात्र संसद्को अवधि पाँच वर्ष हुने भनेर संविधानमा लेखिएको उनले जिकिर गरे । सधैँका लागि प्रधानमन्त्रीले संसद् विघटन गरे भनेर केहीले गलत अर्थ लगाइरहेको उनको भनाइ थियो ।