देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अदालतको फैसला नआएसम्म निर्वाचन प्रक्रिया रोकिँदैन नेम्वाङ

देशान्तर

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका नेता सुवास नेम्वाङले प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिनु भनेको निर्वाचनसम्बन्धी काम गर्दै गर्नु भन्ने भएको दावी गरेका छन्।

बिहीबार इलामको सदरमुकाम इलामबजारमा आयोजित भेटघाट कार्यक्रममा नेता नेम्वाङले चुनावी कार्यक्रममा जुट्न आग्रह गरे। उनले अदालतको अन्तिम फैसला नआएसम्म निर्वाचनको प्रक्रिया नरोकिने बताए।

‘सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको मुद्दामा अन्तरिम आदेश नदिनु भनेको निर्वाचनसम्बन्धी काम गर्दै गर्नु भनेको हो’, उनले भने, ‘त्यसैले चुनावी प्रक्रिया रोकिँदैन, सबै चुनावको तयारीमा जुट्नुपर्छ। उनले निर्वाचन हुने कुरामा शंका नगर्न आग्रह समेत गरे।