नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन विरुद्धको आन्दोलनमा प्रजातन्त्र दिवसले सबैलाई उर्जा प्रदान गर्नेछ भन्ने विश्वास लिएको बताएका छन् ।
प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै देउवाले फागुन ७ को क्रान्ति नै अहिलेसम्मका सबै उपलब्धीहरुको जननी रहेको बताएका छन् ।
‘समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातन्त्रको अन्योन्याश्रीत सम्बन्ध हुँदै २०४६ को परिवर्तन र २०६२÷६३ को आन्दोलन मार्फत संघीयता र गणतन्त्र सम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्ति नै हो’ देउवाले भनेका छन् ।
‘फागुन ७ गते नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा म समस्त नेपाली दिदिबहिनी दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, देउवाद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
उनले ७० वर्ष अघि २००७ को कार्तिक २६ देखि प्रारम्भ ऐतिहासिक जन–क्रान्तिले यसै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको स्मरण गरेका छन् ।
‘राजनैतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्ग प्रसस्त गरेको थियो । मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश ग¥यो र प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि सो दिनले निर्माण गर्यो’, सन्देशमा उल्लेख छ।
‘अतः ऐतिहासिक त्यो घडी संभव तुल्याउने सहीदहरु एवं जननायक वीपी कोइराला लगायत अग्रज नेतृत्वप्रति उच्च श्रद्धा र सम्मान व्यक्त गर्दछु’, देउवाले भनेका छन् ।





प्रतिक्रिया