देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संवैधानिक इजलासमा एमिकस क्युरीका तर्फबाट राय राख्ने क्रम आज सकिँदै

देशान्तर

काठमाडौ । प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामाथि संवैधानिक इजलासमा एमिकस क्युरीका तर्फबाट राय राख्ने क्रम (शुक्रबार) आज सकिदै छ ।

एमिकसको तर्फबाट अन्तिममा वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय दिन सुरु गरेकी हुन्। यसअघि ४ जना वरिष्ठ अधिवक्ताले इजलासलाई राय दिइसकेका छन्।

तीमध्ये तीन अधिवक्ता संसद विघटन गर्न नमिल्ने पक्षमा देखिएका छन् भने एक अधिवक्ताले संसद विघटन हुन सक्ने राय दिएका छन्। संग्रौलाको राय सकिएसँगै फैसला आउने मिति टुंगो लाग्ने छ।

इजलासले सहयोगीका रुपमा नेपाल बारका तर्फबाट तीन र सर्वोच्च बारका तर्फबार दुई वरिष्ठ अधिवक्ता माग गरेको थियो। वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, विजयकान्त मैनाली र पूर्णमान शाक्यले यसअघि नै राय दिइसकेका छन्। त्यसअघि पक्ष र विपक्षका कानुन व्यवसायीले बहस गरेका थिए।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् । विघटन असंवैधानिक भन्दै परेका रिटमाथि सुनुवाइ अन्तिम चरणमा पुगेको हो।