देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधिसभा विघटनबारे पार्टीमा कुनै भिन्‍न मत छैन : प्रदीप पौडेल

देशान्तर

काठमाडौं – नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले प्रतिनिधि सभा विघटनका बारेमा पार्टीमा कुनै पनि प्रकारको भिन्न मत नभएको बताएका छन् । नुवाकोट काँग्रेसको नवनिर्मित भवन उद्घघाटन समारोहमा उनले प्रतिनिधि सभा विघटनका बारेमा काँग्रेसमा फरक–फरक मत नरहेको बताएका हुन् । ‘पदाधिकारी बैठकले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भनेको थियो ।

केन्द्रीय कार्यसमिति बैठकले पनि पदाधिकारी बैठककै निष्कर्षलाई पारित गरेको छ’ नेता पौडेलले भने, ‘बहुमतले होइन । सर्वसम्मत निर्णय गरेको हो । संसद् विघटनका बारेमा कांग्रेसमा फरक–फरक मत छैन ।’ उनले काँग्रेस संविधानवादमा विश्वास राख्ने पार्टी भएको प्रष्टिकरण दिँदै प्रतिनिधि सभा विघटनका विषयमा काँग्रेस कतै पनि नअल्झिएको जिकिर गरे ।

नेता पौडेलले काँग्रेसले सर्वोच्च अदालततको स्वतन्त्रता र निष्पक्षतालाई कायम गर्ने काम गरेको भन्दै अदालतलाई काँग्रेसको मान्यता सुरक्षित गरिदिन पनि आग्रह गरे । ‘म सम्माननीय अदालतका न्यायाधीशज्यूहरुलाई भन्न चाहन्छु शक्ति पृथकीकरणको सिद्धान्तलाई काँग्रेसले मान्दछ । अदालतको स्वतन्त्रता र निष्पक्षतालाई कायम गर्ने काम काँग्रेसले गरेको हो । त्यसैले काँग्रेसको मात्यतालाई तपाईंले सुरक्षित गर्दिनुस्’ उनले भने ।