काठमाडौं नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आज संखुवासभा जाँदैछन्।
संसद् विघटनविरुद्ध आफ्नो समूहको जिल्ला कमिटीले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्न उनीहरू संखुवासभा जान लागेको यो समूहका नेता विष्णु रिजालले जानकारी दिए। कार्यक्रम जिल्ला सदरमुकाम खादवारीमा केहीबेरमा सुरु हुँदैछ।
यसैबीच, प्रतिनिधिसभा विघटन विरुद्ध संघर्षमा रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले आज काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गर्दैछ।
बुद्धिजीवी तथा पेशागत संगठनले आयोजना गरेको प्रतिनिधि सभा विघटन संवैधानिक संकट र निकास विषयक अन्तक्रिया कार्यक्रम राष्ट्रियसभा गृहमा दिउँसो २ बजे सुरु हुनेछ।





प्रतिक्रिया