देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चेम्बर अफ कमर्स प्रदेश दुई कमिटीका पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण

देशान्तर

जनकपुर । नेपाल चेम्बर अफ कमर्स २ नम्बर प्रदेश कमिटीले आफ्ना नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुलाई सम्मान एवं प्रमाणपत्र वितरण गरेको छ । २ नं. प्रदेशको राजधानी जनकुरमा आयोजित विशेष समारोहकाबीच नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष एवं समारोहका प्रमुख अतिथि राजेशकाजी श्रेष्ठले प्रदेश २ कमिटी पदाधिकारी एवं सदस्यहलाई गत शनिबार सम्मानसहित प्रमाण पत्र वितरण गरेका हुन् ।

चेम्बरका २ नं. प्रदेश अध्यक्ष पवनकुमार ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठ अतिथिको रुपमा सहभागि थिए ।

सम्मानपत्रसहित कार्यसमितिको प्रमाणपत्र पाउनेहरुमा कमर्सको २ नं. प्रदेश कमिटीका बरिष्ठ उपाध्यक्ष कृष्णजंग कार्की (निराजन), उपाध्यक्ष रामशंकर साह, महासचिव शंकरप्रसाद साह, सहसचिव राजेश पाठक, कोषाध्यक्ष सञ्जिब साह, सह–कोषाध्यक्ष मनोज ठाकुर, सदस्यहरु टोपराज लुईटेल, दीपेन्द्र ठाकुर, दीपेन्द्र दास, चन्देश्वर साह, उदयनारायण ठाकुर, दिनेशओम पोते, सीता केसी रहेका छन् ।

कार्यक्रममा चेम्बर अफ कमर्स सर्लाहीका अध्यक्ष रामभक्त प्रधान, चेम्बर अफ कमर्स बाराका अध्यक्ष रुपेश पोखरेल र चेम्बर अफ कमर्स महोत्तरीका अध्यक्ष सुमित अग्रवालको समेत उपस्थिति रहेको थियो ।