देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘षड्यन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहस खारेज भयो : गगन थापा

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरेसँगै षड्यन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्री केपी ओलीको दुस्साहस खारेज भएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार साँझ ट्वीट गर्दै थापाले सर्वोच्चले ‘संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउँदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको’ बताएका छन् ।

‘हामी सबैलाई बधाई !’ भन्दै थापाले लेखेका छन्, ‘संविधानविरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ । अदालतले विना भय र दवाव, विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउँदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ ।’