देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सर्वोच्चले देशलाई दुर्घटनाबाट जोगायो : रामचन्द्र पौडेल

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापनाको फैसला गरेर देशलाई दुर्घटनामा जानबाट जोगाएको टिप्पणी गरेका छन् ।

‘संविधानअनुसार न्याय दिएर सर्वोच्चले देशलाई दुर्घटनाबाट बचाएको छ । म न्यायमूर्तिहरुलाई धन्यवाद दिन्छु,’ पौडेलले भने । उनले अब संसदले नै नयाँ नेतृत्व चयन गर्नुपर्ने पनि बताएका छन् । ‘केपी शर्मा ओलीलाई अब सत्तामा एक सेकेण्ड पनि रहने नैतिक अधिकार छैन । उनले तुरुन्त राजीनामा दिनुपर्छ,’ पौडेलले भने ।

वरिष्ठ नेता पौडेलले ओलीको कदमको कडा रुपमा विरोध जनाउँदै आएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा सडक आन्दोलन गर्न आनाकानी गरिरहेका बेला पौडेल ओलीको कदम विरुद्ध कांग्रेसले सशक्त आन्दोलन गर्नुपर्ने बताउँदै आएका थिए ।