देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रचण्ड-नेपाल समूहकाे संसदीय दलकाे बैठक बस्दै

देशान्तर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले आज संसदीय दलको बैठक बोलाएको छ ।

मंगलबार सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेसँगै उक्त समूहले आज संसदीय दलको बैठक बोलाएको हो । बैठक अपराह्न ४ बजे बस्ने प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते गरेको संसद विघटन सर्वोच्चले बदर गरेको हो ।

सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफू पक्षका नेताहरुसँगको भेटघाटलाई तिब्रता दिएका छन्। ओली तत्काल राजिनामा नदिने मनस्थितिमा पुगेको बताइएको छ ।