देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओलीले पद छोड्दा राम्रो : देउवा

देशान्तर

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पद छोड्दा राम्रो हुने बताएका छन् । सर्वोच्चले प्रतिनिधि सभा पुनस्र्थापना गरेकोले ओलीले कि त प्रतिनिधि सभामा बहुमत पु¥याउनुपर्ने नभए छोड्नुपर्ने देउवाको भनाइ छ ।

अदालतको निर्णयपछि ओलीजीले संसदमा कि त बहुमत र्पुयाउनुप¥यो होइन भने त छोड्दा राम्रो हुन्छ । तर उहाँलाई यसो गर उसो गर हामीले भन्ने होइन, उहाँको पार्टीको कुरा हो, देउवाले भने ।सभापति देउवाले पार्टी संसदीय दलको बैठक पनि राख्ने बताएका छन् ।

काँग्रेस सँग संसदमा कम सिट रहेको देउवाको भनाइ छ । अब प्रतिनिधि सभा सशक्त भूमिका निर्वाह गर्नुपर्ने सभापति देउवाको भनाइ थियो । महेन्द्रनारायण निधिको ९९ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा आज भएको विचार गोष्ठीमा देउवाले यस्तो बताएका हुन् ।