देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओली समूह नेकपाको स्थायी कमिटी स्थगित

देशान्तर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार पनि बसेको स्थायी कमिटीको बैठक आज पनि बस्ने भनिएको थियो ।

तर आजको बैठक एकाएक स्थगित गरिएको ओलीको सचिवालयले जनाएको छ ।
बुधबारको बैठकले सर्वोच्च अदालतले गरेको प्रतिनिधि सभा पुनःस्थापनाको स्वागत गर्ने, केन्द्रीय कमिटी र संसदीय दलको बैठक समेत बोलाउने निर्णय गरेको थियो ।

केही दिन गृह कार्य गरी अनि मात्र स्थायी कमिटीको बैठक बस्ने बताइएको छ । ओली समूह अब के गर्ने भन्ने बारेमा अन्योलमा छ । ओली राजीनामा दिने कि अविश्वासको प्रस्तावको सामना गर्ने भन्ने बारेमा अनिर्णत अवस्थामा छन् ।

पार्टीभित्रै बाट ओलीलाई राजीनामा दिन तथा अविश्वासको प्रस्ताव सामना गर्न चौतर्फी दवाव बढेको छ ।