देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नयाँ पार्टी नखोले ओलीको मान्यता नै समाप्त हुन्छ : श्रेष्ठ

देशान्तर

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई वर्तमान युगको कालिदास साबित भएको टिप्पणी गरेका छन्। रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता श्रेष्ठले आफ्नै कारणले ओलीको राजनीतिक भविष्य अँध्यारो सुरुङमा पसेको बताए।

अब नयाँ पार्टी नखोले ओलीको मान्यता नै समाप्त हुने उनको दाबी थियो। ‘उहाँले या त नयाँ राजनीतिक पार्टी गठन गर्नुपर्यो या त राजनीतिबाट सन्यास । अलिकति पनि इज्जत जोगाउने हो भने नैतिकताका आधारमा राजीनामा दिँदा राम्रो हुन्छ।’

उनले संविधानको रक्षा नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति असन्तोष व्यक्त गरे । ‘राष्ट्रपति अब आलंकारिक हुँ भन्दैमा प्रधानमन्त्रीले यो अमृत हो भनेर घाँस वा विष दिए पनि खाने हो त रु संविधानको धारा हेर्नुपर्छ कि पर्दैन रु’ श्रेष्ठ भने।