देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काँग्रेस र ओली समूहको समीकरणमा सरकार बन्न सक्छ : मोहनविक्रम सिंह

देशान्तर

बुटवल – नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले काँग्रेस र ओली समूहको समीकरणमा सरकार बन्न सक्ने बताएका छन् । प्रगतिशील पत्रकार संघ रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री सिंहले सो कुरा बताएका हुन् ।

यद्यपि उनले ओली समूह र काँग्रेसको समीकरणमा बन्न नसके दाहाल-माधव समूह र मधेसवादी दलको समीकरणमा सरकार बन्ने सम्भावना रहेको समेत बताए । अध्यक्ष सिंहले अब बन्ने सरकारले एमसीसी ल्याउन सक्ने खतरा रहेकाले सचेत हुनुपर्नेमा जोड दिंदै उक्त सरकारको नीति र कार्यक्रमका आधारमा पार्टीले समर्थन र विरोध गर्ने जानकारी दिए ।

भारतले नेपालमा अस्थिरता चाहेको र अमेरिकाले एमसीसी ल्याएर नेपालमा सैन्य शक्ति भित्र्याउन खोजेको उनको आरोप थियो । उनले भने, ‘राजावादी, भारतीय र अमेरिकी साम्राज्यवादी शक्तिको सक्रियताले नयाँ प्रकारको जटिलता आउन पनि सक्छ ।’ सर्वोच्च अदालतको फैसलालाई धन्यवाद दिँदै उनले संसद पुनः स्थापनापछि देशमा नयाँ परिस्थिति पैदा भएको बताए ।