देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यस वर्षको ‘शमी साहित्य साधना सम्मान’ मोहन वैद्यलाई

देशान्तर

काठमाडौँ । यस वर्षको ‘शमी साहित्य साधना सम्मान’ माक्र्सवादी सौन्दर्य चिन्तक मोहन वैद्य ‘किरण’लाई दिइने भएको छ ।

प्रतिष्ठानले विसं. २०६७ देखि अग्रज र ओझेलमा परेका साधकलाई वार्षिकरुपमा दिँदै आएको रु एक लाख एक हजार १११ राशीको सो सम्मान यस वर्ष कम्युनिष्ट आन्दोलनमा पनि सक्रिय नेता तथा लेखक वैद्यलाई प्रदान गर्ने भएको हो । उनको पछिल्लो कृति ‘हिमाली दर्शन’ लोकप्रिय छ भने ‘माक्र्सवादी समालोचना’ चाँडै बजारमा आउँदैछ ।

सो प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको अध्यक्षता र संरक्षक डोलिन्द्रप्रसाद शर्माको उपस्थितिमा सम्पन्न कार्यसमितिको बैठकले प्रतिभा चयनका लागि गठित प्रा राजेन्द्र सुवेदी संयोजकत्वको समितिको सिफारिस बमोजिम निर्णय गरेको प्रतिष्ठानले जनाएको छ । पुरस्कार यही फागुन २८ गते प्रदान गरिनेछ ।