देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

देशान्तर

 सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गरेपछि पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

बिहीबार साँझ प्रधानमन्त्री ओलीले शितल निवासमा राष्ट्रपति भण्डारीसँग करिव डेढ घण्टा परामर्श गरेका हुन् । भेटमा प्रधानमन्त्रीले आगामी राजनीतिक कदमबारे छलफल गरेको बुझिएको छ ।

भेटमा सर्वोच्चको आदेश अनुसार संसदको बैठक कहिले डाक्ने भन्नेबारे छलफल भएको बुझिएको छ । यसअघि प्रधानमन्त्री नेतृत्वको नेकपाले अदालतले तोकेकै समयमा संसद बैठक आह्वान गर्ने निर्णय गरिसकेको छ ।

संसद विघटनको कदम सर्वोच्च अदालतले खारेज गरेपछि प्रधानमन्त्रीको राजीनामा माग हुँदै आएको छ । राष्ट्रपति भण्डारीमाथि महाभियोग लगाउनुपर्ने माग उठिरहेको समयमा भएको भेटलाई महत्वपुर्ण रुपमा लिइएको छ ।