देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

देशान्तर

काठमाडौं . प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

साँझ ५ बजेका लागि बैठक बोलाएको युवा तथा खेलकुद मन्त्री दावा तामाङ जानकारी दिए। बैठकको एजेण्डा बारेमा भने केही पनि नबताइएको उनको भनाइ छ। बैठकले प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना रहेको छ।

गत मंगलबार सर्वोच्च अदालतले संसद पुनःस्थापना भएको १३ दिनभित्र बैठक बोलाउन सरकारलाई आदेश दिएको थियो। त्यसबारे छलफल गर्न प्रधानमन्त्री ओली बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका थिए।

उनीहरुबीच संसद बैठक बेलाउने विषयमा छलफल भएको बुझिएको छ।