देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वामदेवको सक्रियता : प्रधानमन्त्री ओलीसँग भेटवार्ता

देशान्तर

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । शुक्रबार अपराहन्न प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका नेता गौतमले पार्टी एकताको आफ्नो अभियान अन्तर्गत सर्वोच्चको फैसलापछि पार्टी एकतालाई बचाएर अगाडी बढ्न प्रस्ताव गरेको बताइएको छ ।

वालुवाटार स्रोतका अनुसार गौतमको प्रस्तावमा ठोस छलफल भने नभएको बताइएको छ । प्रधानमन्त्री ओलीले गौतमको प्रस्तावका बारेमा केहि जवाफ नदिइएको बताइएको छ । प्रधानमन्त्री ओलीले आजै प्रमुख सचेतक देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेका छन् । पुष ५ गतेको प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम पछि राजनीतिक रुपमा नेकपा विभाजित भएपनि गौतमले भने पार्टी एकता अभियान चलाउने घोषणा गरेका थिए ।

सर्वोच्चको फैसलापछि प्रधानमन्त्रीको राजीनामा मागेका गौतमले विहिबार मात्र पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ओलीलाई ससम्मान बिदा गर्ने वातावरण बनाउन आग्रह गरेका थिए ।