देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओलीद्धारा आफु पक्षका सासंदहरुसँग छलफल

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आगामी रणनीति बनाउन आफु पक्षका सासंदहरुसँग छलफलमा जुटेका छन् । सर्वोच्च अदालतले संसद पुनस् स्थापना गरिदिएपछि ब्याकफुटमा रहेका प्रधानमन्त्री ओलीले शुक्रबार प्रदेश १ का आफु पक्षका सांसदहरुसँग छलफल गरेका छन् ।

छलफल प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला कार्यान्वयन गरेर अगाडी बढ्ने ब्रिफिङ गरेको सहाभागी सांसदले बताएका छन् । सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओलीले राजीनामा दिने अनुमान गरिएको भएपनि उनले राजीनामा नगरेर अब दाहाल-नेपाल पक्षको एक्सन अनुसार अगाडी बढ्ने तयारी गरेको बताइएको छ । प्रधानमन्त्री ओलीले शनिबार अन्य प्रदेशका सांसदहरुसँग छलफल गर्ने बताइएको छ ।