देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज २३ औं स्वास्थ्य सेवा दिवस मनाइँदै

देशान्तर

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज २३ औं स्वास्थ्य सेवा दिवस मनाइरहेको छ।स्वास्थ्यकर्मीको चाहना, नागरिकको कामनाु भन्ने नारासहित दिवस मनाउन लागिएको हो। मन्त्रालयले देशभरका स्वास्थ्य संस्थालाई उपलब्ध साधन स्रोतको प्रयोग गर्दै स्वास्थ्यसम्बन्धित कार्यक्रम गर्न भनेको छ।

मन्त्रालयले दिवसका अवसरमा स्वास्थ्य सेवा विभागदेखि मन्त्रालयसम्म प्रभावतफेरि गर्ने भएको छ। टेकुस्थित विभागबाट सुरु हुने प्रभावतफेरि त्रिपुरेश्वर थापाथलीहुँदै रामशाहपथसम्म आइपुग्ने छ। प्रभावतफेरिमा सहभागी हुन मन्त्रालयले मन्त्रालय, विभाग, काठमाडौं उपत्यकामा रहेका केन्द्रीय अस्पताल र मन्त्रालयका निकायमा कार्यरत कर्मचारीलाई अनुरोध गरेको छ। प्रभातफेरि बिहान ७:४५ बजे सुरु हुने छ।