काठमाडौं – कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्यमा सुधार भएको छ । नर्भिक अस्पतालका डा.राजिव झाका अनुसार जोशीका दाहिने तिरको हातखुट्टा चल्न थालेको महशुस गरिएको छ । हिजो देखि स्वास्थ्यमा गम्भीर समस्या भएर अस्पताल पुर्याइएका जोशीको श्वावप्रश्वासमा सुधार आएको झाले जानकारी दिए ।
‘जोशीको शरीरको दायाँ भाग सुस्तरी चलेको महशुस भएको छ’, डा. झाले भने, ‘सुस्त गतिमा श्वासप्रश्वास पनि हुन थालेको छ ।’ अब उनको स्वास्थ्यमा क्रमिक सुधार हुँदै जाने झाले बताए। जोशी प्राकृतिक रुपमा अहिले पनि कोमामै छन्।
जोशीलाई बिहीबार राति १२ बजेतिर बाँया शरीरमा समस्या देखिएको थियो। राति परिवारले वीर अस्पताल पुर्याइएकोमा चिकित्सकले जोशीलाई नर्भिक अस्पताल रिफर गरेका थिए । नर्भिक अस्पतालमा टाउकोको सामान्य शल्यक्रिया पछि जोशीको स्वास्थ्य स्थिर रहेको थियो ।





प्रतिक्रिया