देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपति भण्डारीद्धारा काँग्रेस नेता जोशीको स्वास्थ्यलाभको कामना

देशान्तर

काठमाडौ राष्ट्रपति विद्यादेवी भण्डारीले मष्तिस्काघात भई उपचाररत नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना गरेकी छन् ।

राष्ट्रपति भण्डारीको स्वास्थ्यलाभको कामनासहितको सन्देश लिएर उनका प्रेस सल्लाहकार टीका ढकाल आज बिहान पूर्वमन्त्री जोशी उपचाररत थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए।
जोशीको स्वास्थ्यमा सुधार आएको छ। उपचारमा संलग्न चिकित्सकका अनुासर जोशीका दाहिने हातखुट्टा बिस्तारै चल्न थालेको देखिएको हो ।