देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीसँग नैतिकताकाे ‘न’ पनि छैन : प्रकाशमान सिंह

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नैतिकताको ‘न’ पनि नभएको बताएका छन् ।

काठमाडौंमा आज (शनिबार) आयोजित एक कार्यक्रममा बोल्दै सिंहले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद भंग गर्ने प्रधानमन्त्री ओली कुनै नैतिकताका आधारमा त्यहि संसदमा मुख देखाउने भने सवाल उठेको बताए । तर पनि प्रधानमन्त्री ओलीसँग लाज शरम नभएको भन्दै नैतिकताको आश गर्नु बेकार भएको उनको बताए ।

‘जसले अभिभावकत्व दिनुपर्ने हो उहीं प्रेसिडेन्ट नै रबर स्टाम्प बनेपछि मुलुक मा राजनीतिक समस्या बढेको छ । जिम्मेवारीमा रहेकाहरु गैरजिम्मेवार बन्दा कस्तो अवस्था आउँदो रहेछ भन्ने कुरा त संविधान सभाको दुई दुई पटक सभा अध्यक्षता गरेका संविधान लेखनमा महत्वपूर्ण भूमिका खेलेको बोलाई र गराईले प्रष्ट पारिसकेको छ’, ओली निकट सुवासचन्द्र नेम्वाङप्रति कटाक्ष गर्दै उनले भने, ‘एउटा नेताको चाकडी र बचाउमा उहाँले दिएका अभिव्यक्ति नै पर्याप्त छन् । मुलुकमा अब सबै जिम्मेवार बन्नु पर्छ ।’

अहिले परिस्थिति आउनुमा जनता पनि उत्तिकै जिम्मेवार रहेको भन्दै ठूला कुरा गरेका भरमा मत दिएर पठाएकाले गलत ब्यक्तिको हातमा शासन सत्ता पुगेको नेता सिंहले बताए । मत दिने बेलामा जसले तडकभडक गर्छ, जालझेल गर्छ, अपारदर्शी कमाएको कमाई खर्च गर्छ तिनलाई मत दिएको कारण राजनीति मा विकृति भित्रिएको उनले बताए ।