देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यो साता विदेशमा थप तीन जना कोरोना संक्रमित नेपालीको मृत्यु

देशान्तर

काठमाडौं । कोरोना भाइरस ( कोभिड–१९ ) को संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा एक जनाको संक्रमणका कारण मृत्यु भएको हो। यो सहित नेपाल बाहेक विश्वका २१ देशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या तीन सय ३९ जना पुगेको छ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विभिन्न ५३ देशमा ६२ हजार चार सय एक जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये ६० हजार एक सय २४ जना संक्रमण मुक्त भएका छन्। संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ। समितिका संयोजक सन्जीव सापकोटाका अनुसार यो साता पोर्चुगल, फ्रान्स, युएई, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।