देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विप्लव नेतृत्वको पार्टीसँग छिट्टै वार्ता हुँदै : प्रधानमन्त्री

देशान्तर

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीसँग छिट्टै वार्ता हुने बताएका छन्। आफू निर्वाचित क्षेत्रमा आयोजित एउटा सार्वजनिक कार्यक्रममा बोल्दै उनले सरकारले छिट्टै उक्त पार्टीसँग वार्ता गर्ने बताए। उनले भने, “तपाईँ त्यो खबर छिट्टै घर बसीबसी सञ्चारमाध्यममा देख्नुहुनेछ।”

शान्तिको सम्बन्धमा अलिअलि समस्या रहेको ठानिएको विप्लव समूहको समस्याको पनि हामी छिटै वार्ताद्वारा समाधान गरिने उनको भनाइ थियो। नेपालको सत्ता नेपाल अनुकूल हुनुपर्ने प्रधानमन्त्री ओलीले बताए। नेकपाका अर्का समूहका अध्यक्ष पुष्पकमल दाहालको केही समय अगाडिको एउटा सञ्चारमाध्यमको अन्तर्वार्तालाई लक्षित गर्दै उनले भने, “उहाँहरूका नेतृत्वमा सरकारले बने अरूलाई कम्फर्टेबल होला। तर नेपालका लागि टनटनाउने पिलोजस्तो हुनेछ।”

करिब ६४ अर्ब रुपैयाँ वैदेशिक लगानीमा बन्ने भनिएको चाइना-नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्कको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार शिलान्यास गरेका छन्।