देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सभामुख सापकोटाले संसद भवनको स्थलगत अवलोकन गर्दै

देशान्तर

काठमाडौँ – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आज प्रतिनिधि सभा बैठकका लागि भएको तयारीको अवलोकन गर्ने भएका छन् । आज दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा गएर प्रतिनिधि सभा बैठकका लागि भइरहेको तयारी बारे स्थलगत अवलोकन गरि जानकारी लिने सभामुख सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।

सर्वोच्च अदालतले गत फागुन ११ गते प्रतिनिधिसभा पुर्नस्थापना गर्दै १३ दिनभित्र बैठक सञ्चालन गर्न निर्देशन दिएको थियो । सो निर्देशन अनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २३ गते दिउसो ४ बजेका लागि प्रतिनिधि सभाको सातौं अधिवेशन आह्वान गरेकी छिन् ।

अदालतले संसद पुनस्स्थापना गर्ने आदेश दिएपछि संघीय संसद सचिवालयले प्रतिनिधि सभा बैठकका लागि प्रशासनिक, भौतिक तथा प्राविधिक तयारी थालेको थियो ।