देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकारात्मक

देशान्तर

काठमाडौँ – सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच पहिलो चरणको वार्ता सकिएको छ। वार्ता सकारात्क दिशाउन्मुख रहेको सरकारले बताएको छ।

सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईले पहिलो चरणको वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी दिएका छन्।

मंगलबार वार्ता टोली गठन गरेको सरकार र विप्लव नेकपाबिच बुधबार वार्ता भएको हो। उच्च सुरक्षाबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता भएको हो।

वार्तामा सरकारले लगाएको प्रतिबन्ध फुकुवा, बन्दी रिहाइसहितका विप्लव नेकपाको मागका विषयमा छलफल भएको छ।